भक्तपुरबाट ट्रकसहित ७२ लाख बराबरको भन्सार छलेका सामान बरामद भएको छ।
आइतबार बिहान साढे १० बजे सूर्यविनायक नगरपालिका-८ जगातीस्थित चेकप्वाइन्टमा एउटा गाडीबाट ७२ लाख बराबरका भन्सार छलेका सामान बरामद भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिए।
साँगाबाट काठमाडौं आउँदै गरेको बा. ४ ख. ७६० नम्बरको गाडीबाट प्रहरीले लत्ताकपडा, धाराका पार्टपूर्जा बरामद गरेको हो।