(नेपाल क्राईम) पश्चिमी न्यूनचापीय प्रणालीको साथै स्थानीय वायुकोसमेत आंशिक प्रभाव रहेको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार जसको प्रभावले हाल सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिकदेखि साधरणतया बदली, लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा बिहानैदेखि चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।