वरिष्ठ सई रावतको कमाण्डको टोलीले  तस्करहरूको मनोबल घटाउँदै धमाधम अवैध सामग्री  ४४ लाखको पक्राउ

इलाका प्रहरी कार्यालय बर्दघाटका निमित्त प्रमुख प्रहरी वरिष्ठ प्रहरी  नायब निरीक्षक (वरिष्ठ सई) अभय रावतको कमाण्डमा गएको टोलीले शुक्रबार   बर्दघाट नगरपालीका-४ टिसीएन चोस्थित पुर्व पश्चिम राजमार्गबाट पिकअप भ्यानमा लैजाँदै गरिएको ठुलो परिमाणको अवैध सामग्रीसहित दुई जनालाई  नियन्त्रणमा लिएको हो।पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका-३ मलेखुका २८ वर्षीय पिकअप भ्यान चालक चिरञ्जिबी पाण्डे र  भ्यानमा सवार सोही स्थानका ५२ वर्षीय पिताम्बर पाण्डे रहेको वरिष्ठ सई रावतले जानकारी दिए।बरामद गरिएका अवैध सामग्रीहरु

(१)१२ लाख ४६ हजार ५ सय रुपैयाँ बराबरको १६ सय ६२ पिस कुर्ता सुरबाल,

(२)२ लाख १४ हजार ५ सय रुपैयाँको १६ सय ५० किलो केराउ, (३) ७२ हजार रुपैयाँ बराबरको १४४ पिस एडिडास कम्पनी ट्राउजर (४)८२ हजार रुपैयाँको १६४ पिस ट्राउजर लाइनिङ,

(५) १ लाख १५ हजार ५७० रुपैयाँ बराबरको १८२ पिस डर्मा सिरम (६) साढे ३८ सय रुपैयाँ पर्ने फेसवास, १ लाख ३६ हजार ८ सय रुपैयाँ बराबरको ३ सय ४ पिस डर्मा कोजिक

(७) २०२५ मोडलको वा प्र ०१-०३२च ९३०८ नम्बरको २५ लाख रुपैयाँ बराबरको पिकअप भ्यान गरि जम्मा ४४ लाख ११ हजार २२० रुपैयाँको सामग्री बरामद गरेको रावतले बताए ।बरामद गरिएको १९ लाख ११ हजार २२० रुपैयाँ बराबरको अवैध सामग्रीसहित पक्राउ परेका दुई जना र नियन्त्रणमा लिइएको २५ लाख रुपैयाँको पिकभ्यानलाई आज आबश्यक कारबाहीका  महेशपुर भन्सार कार्यालयमा बुझाइएको वरिष्ठ सई रावतले जानकारी दिएका छन्