ज्येष्ठ नागरिक भत्ता पाउने उमेर ७० वर्ष कायम

सरकारले आगामी आर्थिक वर्षदेखि ज्येष्ठ नागरिक भत्ता पाउने उमेर ७० वर्ष कायम गर्ने भएको छ ।

संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा बिहीबार आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो घोषणा गरेका हुन् ।

अर्थमन्त्री पौडेलले वृद्धभत्ताको उमेर ७० वर्ष पुर्याउने बताए ।