झापाको मेचीनगर नगरपालिका-६ स्थितबाट १ थान एयर पेस्तोल सहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत पश्चिम बंगाल दार्जिलिङका २५ बर्षीय प्रतिक अग्रवाल रहेका छन । बिहान पौने ९ बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेची भन्सार कार्यालयको परिसर भित्र सवारी साधन तथा यात्रु समेतको चेकजाँच गर्ने क्रममा WB74AJ0400 नम्बरको स्कुटरको डिकी भित्र लुकाई छिपाई राखेको अवस्थामा एयर पेस्तोल १ थान, उक्त पेस्तोलमा लाग्ने मेटल बुलेट १८ राउण्ड र ४ थान मोबाईल बरामद गरेको जिल्ला प्रहरी झापाले जानकारी दिएको छ।