आचरणमा प्रश्न उठेपछि दुई जिल्ला न्यायाधीशहरु जिम्मेवारीविहीन

आचरणमा प्रश्न उठेपछि दुई जिल्ला न्यायाधीशहरु जिम्मेवारीविहीन भई न्यायपरिषद्‌मा तानिएका छन् ।

न्यायपरिषद्‌ले धनुषाका न्यायाधीश हरिकृष्ण श्रेष्ठ र दार्चुलाका न्यायाधीश पुष्पराज पाण्डेलाई न्यायपरिषद्‌मा तानेको हो ।दुवैजनाको आचरणमा समस्या देखिएको हो । विभिन्न पक्षबाट गुनासो आएपछि परिषद्‌मा तानिएको हो’ न्यायपरिषद्‌ सम्वद्ध स्रोतले भन्यो, ‘उहाँहरुमाथि प्रारम्भिक छानविन शुरु भइसकेको छ । छानविन नटुंगिदासम्म परिषद्‌ मै रहनुहुनेछ ।’यसअघि न्यायपरिषद्‌ ले उच्च अदालतका दुई न्यायाधीश डा. खुसीप्रसाद थारु र अर्जुन महर्जनलाई वीरगञ्जबाट परिषद्‌मा तानेको थियो ।रौतहट बम विस्फोटको घटनाका आरोपित मोहम्वद् आफ्ताब आलम लगायतलाई सफाई दिएपछि दुवै जनामाथि प्रश्न उठेको थियो ।(रास्स)