धनुषाको जनकपुरधाम उपमहानगरपालिका २० देवपुरा रूपैठामा दुई समुदायबीच फेरि तनाब बढेको छ।दशैं समापनपछि दुर्गादेवीको प्रतिमा सेलाउन जाने क्रममा अर्को समुदायले ढुङ्गामुढा गरेपछि झडप भएको थियो । त्यस क्रममा अर्का समुदायले तेलिया पोखरीको डिलमा बनाएको टहरा आगजनी गरेको छ ।आक्रोशित भीडले केही अर्को समुदायको घरमा समेत आगजनीको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकारी प्रहरी निरीक्षक संजिव यादवले जानकारी दिए ।त्यस क्रममा प्रहरीले झडप नियन्त्रणमा लिन र थप क्षति हुन नदिन २३ सेल अश्रुग्यास प्रहार गरेको छ । झडपका क्रममा ढुङ्गामुढाबाट केही प्रहरी र स्थानीय समेत घाइते भएका छन् ।अवस्था बिग्रेपछि स्थानीय प्रशासनले त्यस क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ । साँझ६:३० बजेदेखि वडा नम्बर २० को विभिन्न स्थानभित्र कर्फ्यू आदेश जारी गरिएको छ।