प्रेमिकाद्धारा प्रेमीमाथि छुरा प्रहार

सिरहाको गोलबजारमा बिहीबार साँझ एक युवकमाथि एक युवतीले छुरा प्रहार गरेकी छन । छुरा प्रहारबाट गोलबजार नगरपालिका–१३ घर भई वडा नम्बर ४ बस्ने २४ वर्षीय अशोक कुमार महतो गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यलय सिरहाले जानकारी दिएको छ ।

उनको गोलबजारस्थित भुमिजा अस्पतालमा उपचार भइरहेको छ । उनीमाथि एक किशोरीले छुरा प्रहार गरेको बुझिन आएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी वीरेन्द्र कुमार पासवानले जानकारी दिएका छन । दुई जना प्रेमी प्रेमिका भएको बताइएको छ भने आपसी विवादपछि युवतीले छुरा प्रहार गरेको बताइएको छ ।