जिल्ला प्रहरी कार्यालय डोल्पामा हाजिर भएको ९ दिनमै प्रहरी नायव उपरीक्षक (डीएसपी) डा. हेमबहादुर केसी प्रहरी प्रधान कार्यालय नक्साल तानिएका छन् ।
प्रहरी नायव निरीक्षक (सई) शैलेन्द्र कुमार रसाईलीमाथि हातपात गरेको आरोप लागेपछि उनलाई नक्साल तानिएको स्रोतले जनाएको छ । स्रोतका अनुसार उनले सईलाई कुटेको कसुरमा हडक्वार्टर तानिएको हो ।
नक्सालमै कार्यरत डीएसपी केसी १५ वैशाखमा जिल्ला प्रहरी कार्यालय डोल्पामा हाजिर भएका थिए । हाजिर भएको हप्ता दिनमै मुद्दा फाँटमा ५ वर्षदेखि कार्यरत सईलाई कुटपिट गरेपछि उनलाई हेडक्वार्टर तानिएको हो ।
सई रसाइलीलाई डीएसपी केसीले एक्कासी बोलाएर अश्लील शब्द प्रयोग गरी गालीगलौज र कुटपिट गरेको बताइएको छ ।