१२१ डीएसपीको सरुवा

(नेपाल क्राईम)

नेपाल प्रहरीका १२१ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)हरूको सरुवा भएको छ । प्रहरी महानिरीक्षक दीपक थापाको बुधबारको निर्णयानुसार प्रहरी प्रधान कार्यालयले आज सरुवा भएका डिएसपीको सूची सार्वजनिक गरेको हो ।

वैशाख महिनादेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।