(नेपाल क्राईम)
लेबनानमा शान्ति सैनिकमाथि आक्रमण भएको छ।
शनिबार रातको करिब १२ बजे लेबनानको राजधानी बेरुत नजिक युएनआइएफआइएल ‘युनिफिल’ मिसनका डेपुटी फोर्स कमाण्डर नेपाली सेनाका उपरथी चोक बहादुर ढकाल सवार कन्भोयलाई उत्तेजित प्रदर्शनकारी रोकी तोडफोड गर्दा उपरथी ढकाल घाइते भएको नेपाली सेनाले जनाएको छ।
घटनापश्चात उनलाई तत्कालै उद्धार गरी यूएन लेभल-३ अस्पताल बेरुत पुऱ्याइएको थियो। अस्पतालले हाल उनी खतरामुक्त रहेको जनाएको छ। सेनाका अनुसार डेपुटी फोर्स कमाण्डर आफ्नो कार्यकाल पूरा गरेर स्वदेश फर्कने क्रममा रहेका थिए।
घटनाको सम्बन्धमा UNIFIL मिसन हेडक्वार्टरले प्रेस विज्ञप्ति जारी गर्दै दक्षिण लेबनानमा सुरक्षा र स्थिरता स्थापना गर्न सेवा गरिरहेका शान्ति सैनिक माथि भएको आक्रमणबाट स्तब्ध भएको जनाएको छ।