६ किलो गाँजासहित एक विदेशी महिला पक्राउ

(नेपाल क्राईम)

त्रिभुवन अन्तर्राष्ट्रिय विमानास्थलबाट ६ किलो गाँजासहित एक विदेशी महिलालाई पक्राउ गरिएको छ । प्रहरीले थाइल्याण्डकी २७ वर्षीया मिस कनोकवान पोंगसुवानलाई पक्राउ गरेको हो । उनलाई विमानस्थलको भन्सार एरियाबाट प्रहरीले पक्राउ गरेको हो । उनको लगेजबाट ६ किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।