जिल्ला प्रहरी परिसर, काठमाडौंले हतियारसहित दुई जनालाई पक्राउ गरेको छ ।
सोमबार विज्ञप्ति जारी गरेर परिसरका सूचना अधिकारी प्रहरी उपरीक्षक अपीलराज बोहराले कटुवा पिस्तोल एक थान, खुकुरी, म्यागेजिन, रेडियो सेट, मोबाइल लगायतका सामग्रसहित दुई जनालाई पक्राउ गरेको जनाएका छन् ।
काठमाडौंको तिलगंगाबाट हतियारसहित पक्राउ पर्नेहरूमा महोत्तरी घर भएका २९ वर्षीय सुरेशकुमार राम र २६ वर्षीय दिनेशकुमार राम रहेका छन् ।