५ दिनको म्याद थप

(नेपाल क्राईम)

तीनकुने घटनामा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शम्शेर राणासहित ४१ जनामाथि अनुसन्धान गर्नको लागि म्याद थप भएको छ।

जिल्ला अदालत काठमाडौंको न्यायाधीश तारादेवी महर्जनको इजलासले उनीहरूमाथि अनुसन्धान गर्न ५ दिनको म्याद थप भएको अदालतका सूचना अधिकारी दीपक कुमार श्रेष्ठले जानकारी दिए।