(नेपाल क्राईम)
काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवानाको पत्र हुलाकमार्फत पठाएको छ ।
आज बिहान जरिवानाको पत्र बुझाउन गएका टोलीलाई भित्र जान नदिई गेटबाटै फिर्ता पठाइएपछि नगर प्रहरी बलले हुलाकमार्फत पत्र पठाएको हो । नगर प्रहरी उपरीक्षक दिनेश अर्यालले ज्ञानेन्द्र शाहलाई हुलाकमार्फत जरिवानाको पत्र पठाइएको जानकारी दिए ।