(नेपाल क्राईम)
रसुवामा १७ वर्षीया किशोरीमाथि बलात्कार आरोपमा एक जना पक्राउ परेका छन्।
गोसाईकुण्ड गाउँपालिका-५ स्याफ्रुवेशी बस्ने रूकुम पश्चिम मुसिकोट नगरपालिका-१ घर भएका २३ वर्षीय नविन रावल पक्राउ परेका हुन्।
रावलले किशोरीलाई बलात्कार गरेको उजुरी छ। सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।