त्रिशूली नदीमा ट्रक खस्दा एक जनाको मृत्यु

(नेपाल क्राईम)

त्रिशूली नदीमा ट्रक खस्दा एक जनाको मृत्यु भएको छ।

ट्रक चालक रौतहट सखुवाका ३५ वर्षीय रामनारायण यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

मंगलबार बिहान नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा प्र ०३–००१ ख ४८७४ नम्बरको कोइला बोकेको ट्रक अनियन्त्रित भइ भरतपुर महानगरपालिका–२९ स्थित चौध किलोमा त्रिशूली नदीमा खसेको हो।

ट्रक त्रिशूलीमा खस्दा ट्रकका चालक र सहचालक घाइते भएका थिए। घाइतेमध्ये चालक यादवको भरतपुर अस्पतालमा उपचारका क्रममा बिहान ८ः३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।