(नेपाल क्राईम) नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) रवीन्द्र केसीले अवकाशको ४० दिन अगाडि नै राजीनामा दिएका छन्।
अवकाशमा जान ४० दिन बाँकी छँदै उनले शुक्रबार नै राजीनामा दिएको स्रोतले जानकारी दिएको छ ।
केसी प्रहरी प्रधान कार्यालयको प्रदेश समन्वय विभागमा कार्यरत छन् । उनी हालका प्रहरी प्रमुख आईजीपी बसन्तबहदुर कुँवरकै ब्याजी हुन् । उनलाई पुस २६ गते बसेको मन्त्रिपरिषद बैठकले एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो ।
सेवा अवधि आगामी चैत ५ गतेसम्म रहे पनि केसीले पहिले नै राजीनामा दिएका हुन्।