उपसचिवमा बढुवा भएका ३९ जनाको पदस्थापन

(नेपाल क्राईम)

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हालै कार्यक्षमता मूल्यांकनका आधारमा उपसचिवमा बढुवा गरेका ३९ जनाको पदस्थापन गरेको हो ।

त्यस्तै ५३ उपसचिव सरुवा भएका छन् । विभिन्न मन्त्रालय, कार्यालय र निकायमा कार्यरत ५३ उपसचिवको सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।