(नेपाल क्राईम)
सशस्त्र प्रहरीले रुपन्देहीबाट स्रोत नखुलेको २४ लाख बढी रकमसहित एक भारतीयलाई पक्राउ गरेको छ ।
सीमा सुरक्षा गुल्म डण्डाको टोलीले चेकजाँचका क्रममा सिद्धार्थनगर नगरपालिका–१ बाट बिहीबार २४ लाख १३ हजार १ सय ३० रुपैयाँ नेपाली र १ हजार ५ सय ४० रुपैयाँ भारतीय नोट बरामद गरेको हो ।
लु९२प३५४६ नम्बरको स्कुटर चेकजाँच गर्ने क्रममा स्कुटरमा सवार भारत महाराजगञ्ज नौतनवा ग्रामपञ्चायत– ४ नौतनवा बस्ने २३ वर्षीय अभिषेक अग्रहरीले शरीरमा लुकाएर ल्याएको अवस्थामा उक्त रकम फेला परेको सशस्त्र प्रहरी बलले जनाएको छ ।