भरुवा बन्दुकसहित ३ जना पक्राउ

सिन्धुलीको दूधौली नगरपालिका- १४ गायोटारबाट ३ थान भरुवा बन्दुकसहित ३ जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा गायोटारकै ५३ वर्षीय कुलबहादुर सुनुवारसहित ३ जना छन् । उनीहरूलाई प्रहरीले मंगलबार राति पक्राउ गरेको हो ।इलाका प्रहरी कार्यालय डकाहा र प्रहरी चौकी दूधौलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त बन्दुकसहित पक्राउ गरेको हो ।