फोनमा ठूलो स्वरमा बोल्न र बिहानै तथा राति कुकरको सिट्ठी बजाउन नपाइने

नेपाल प्रहरीले छिमेकीलाई ‘डिस्टर्ब’ हुने गरी ठूलो स्वरमा नबोल्न तथा अनावश्यक ध्वनि प्रदूषण नगर्न अपिल गरेको छ ।काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले ‘शान्त तथा अवरोधमुक्त छिमेकी अभियान’ घोषणा गर्दै यस्तो अपिल गरेको हो ।एकाबिहानै र राति अबेर प्रेसर कुकरको सिट्ठी नबजाउन, ठूलो आवाज निस्किने गरी मोटरसाइकल स्टार्ट नगर्न, बिहानको नित्यकर्म गर्ने बेला अनावश्यक नखोक्न/नखकार्न पनि प्रहरीले अपिल गरेको हो ।