बागलुङमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु

(नेपाल क्राईम)

जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । सोमबार साँझ बडीगाड गाउँपालिका–९ दर्लिङस्थित भित्री सडकमा लु ३ च ५५६९ नं. को पिकअप भ्यान उकोलोमा ब्रेक फेल भई दुर्घना भएको हो ।

दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । मृत्यु हुनेमा निसीखोला गाउँपालिका–७ चोलाङका ७५ वर्षीय खड्कबहादुर कुँवर र ढोरपाटन नगरपालिका–५ नाथुरेका ३५ वर्षीय जुना कँडेल रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका डीएसपी विजय यादवले जानकारी दिए ।