त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागूऔषध कोकिन सहित एक विदेशी महिला पक्राउ परेकी छन् । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय त्रिभुवन विमानस्थलको टोलीले विमानमार्ग हुँदै नेपाल प्रवेश गरेका उनीमाथि निगरानीका क्रममा ती अस्ट्रेलियन युवती समातिएकी हुन् ।ब्युरोका अनुसार २१ वर्षीया ब्राजिलियन नागरिक इमिली मिकाएले सान्तोष फेरेरालाई कतारको दोहा हुँदै नेपाल आएर भुटान जान लाग्दा विमानस्थलको प्रस्थान कक्षमा पक्राउ गरिएको हो ।उनलाई चेकजाँच गर्दा स्वेटरको कालो रङको ब्राभित्र कण्डममा भरेर लुकाएर राखिएको लागूऔषध कोकिन १ केजी ९५० ग्रामसहित पक्राउ गरिएको हो । प्रहरीका अनुसार उनीमाथि लागू औषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम काठमाडौं जिल्ला अदालतबाट थप म्याद लिई अनुसन्धान अघि बढाइएको छ।