ट्रामाडोलका ५ लाख ६४ हजारभन्दा धेरै क्याप्सुलसहित २ जना पक्राउ

(नेपाल क्राईम)                                                           लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले नियन्त्रित मनोद्दिपक ट्रामाडोलका ५ लाख ६४ हजारभन्दा धेरै क्याप्सुलसहित २ जनालाई पक्राउ  गरेकाे छ ।फागुन ८ गते काठमाडौँ महानगरपालिका १४ बाट ललितपुरको महांकाल नगरपालिका ४ बस्ने ३३ वर्षीय सुधीर लामिछानेलाई ट्रामाडोल ३० हजार क्याप्सुलसहित पक्राउ गरेकाे थियाे ।

लामिछानेमाथि अनुसन्धान गर्ने क्रममा फागुन ९ गते पर्साको महुवन गाउँपालिका ६ स्थायी घरभएर काठमाडौँ – ४ टोखा बस्ने ३८ वर्षीय साइमन बनवारीलाई ५ लाख ३४ हजार १०० थप क्याप्सुलसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनलाई बिक्री वितरण गर्न राखिएको गोदामबाट सो परिमाणको क्याप्सुलसहित पक्राउ गरिएको ब्यूराेले बताएकाे छ ।