पेस्तोल र गोलीसहित दुईजना पक्राउ

(नेपाल क्राईम)

पेस्तोल र गोलीसहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहारका २२ वर्षीय धीरज कुमार र २६ वर्षीय दीपक कुमार छन् ।

मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, रातोमाटेबाट आइतबार (फागुन ११) दिउँसो उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ । उनीहरूका साथबाट प्रहरीले एकथान पेस्तोल र तीन राउन्ड गोली बरामद गरेको छ ।