नेपाल प्रहरीमा ३९३ जनाका लागि खुल्यो जागिर

(नेपाल क्राईम)

नेपाल प्रहरीले विभिन्न पदमा ३९३ जनाका लागि जागिर खुलाउँदै दरखास्त माग गरेको छ ।

प्रहरी प्रधान कार्यालयको मानवस्रोत एवं भर्ना छनोट महाशाखाले जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदहरूमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधानबमोजिम पदपूर्ति गर्न लागिएको जानकारी दिएको हो ।