को हुने हो नेपाल प्रहरीको ३१ औं  आईजीपी दिपक थापा सुदीप गिरी टेकबहादुर तामाङ

(नेपाल क्राईम)

नेपाल प्रहरीको ३१ औं महानिरीक्षक (आईजीपी) नियुक्तिका लागि सरकारले गृहकार्य सुरु गरेको छ । स्रोतका अनुसार गृह मन्त्रालयले यस विषयमा छलफल थालेको छ।

आईजीपी बसन्तबहादुर कुँवरको अवकाश मिति नजिकिँदै गर्दा छलफल सुरु भएको हो । यसपटक विगतमा जस्तो अन्तिम दिनमा नभई रिक्त हुनुभन्दा केही दिनअघि नै नयाँ आईजीपी नियुक्त हुने गृह मन्त्रालयका एक उच्च अधिकारी बताउँछन् ।आईजीपी कुँवरले ५ चैतदेखि अवकाश पाउँदैछन् । नयाँ आईजीपी नियुक्त गरेर सकेसम्म छिटो आफुलाई बिदामा बस्ने वातावरण मिलाउन उनले भनेका छन् ।३१ औं आईजीपीको प्रतिस्पर्धामा तीन एआईजी छन्। जसमा दिपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङ छन् ।थापा अन्य दुईभन्दा अगाडि नै एआईजीमा बढुवा भएकाले उनी नै मुख्य दाबेदार देखिएका छन् । तर, विगतमा जुनियर एआईजीहरु पनि आईजीपी बनेको नजिरका कारण उनी ढुक्क हुन सकेका छैनन् ।अबका करिब तीन साता नयाँ आईजीपीका लागि प्रहरीमा गुटबन्दी बढ्ने स्थिति देखिएको छ।