संगीत क्षेत्रमा पनि बदलाव

(नेपाल क्राईम)                                                           संगीत क्षेत्रमा पनि बदलाव आयो नेपालमा । बिक्रम सम्वत् ५० र ६० को दशकमाजस्तो सिडी–क्यासेट बोकेर हिँड्ने चलन लोप नै भयो। गीतहरू डिजिटल प्लेटफर्ममा सार्वजनिक हुन थाले।

युट्युबसहित नयाँ–नयाँ प्लेटफर्ममा अद्यावधिक हुनेको आम्दानी बढ्दै गइरहेको छ। नेपाली कला र संगीत क्षेत्रमा त्यस्ता थुप्रै कलाकार छन्, जो अहिले युट्युबबाट मात्र नभई अन्य डिजिटल प्लेटफर्मबाट पनि राम्रो आम्दानी गर्छन्।

यो कथा त्यसरी आम्दानी गर्ने कुनै कलाकारको भने होइन।

एक जना यस्ता प्रविधि विज्ञको कथा हो, जो कलाकारहरूलाई यस्ता डिजिटल प्लेटफर्मबाट आम्दानी गर्न सघाउँछन्। कतिपयका त उनी पथप्रदर्शक नै हुन् भन्दा फरक पर्दैन।

उनकै सल्लाह–सुझाव अनुसार चल्दा कतिपय कलाकारको आम्दानीले गुणात्मक फड्को मारेको छ। आर्थिक रूपमा सबल बनेका छन्। सफलताले लय समातिरहेको छ।राजेन्द्र खासगरी संगीत क्षेत्रका कलाकारको सामाजिक सञ्जाल (सोसल मिडिया) सल्लाहकारका रूपमा काम गर्छन्।