त्रिशूलीमा डुबेर दुई बालिका बेपत्ता

नुवाकोटमा त्रिशूली नदीमा नुहाउने क्रममा दुई बालिका डुबेर बेपत्ता छन् ।

बेलकोटगढी नगरपालिका–७ कल्चौंडे भीर नजिकैबाट उनीहरु मंगलबार साँझ नुहाउने क्रममा डुबेर बेपत्ता भएका प्रहरीले जनाएको छ ।

११ वर्षीया जेनी डंगोल र ११ वर्षकै सदीक्षा राई डुबेर बेपत्ता भएको सशस्त्र प्रहरी बलका प्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए ।