आज आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा । रातो मच्छेन्द्रनाथको भोटो देखाउने जात्राका अवसरमा आइतबार काठमाडौं उपत्यकाका ३ जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर)मा सार्वजनिक बिदा दिइएको हो । आइतबार यी तीन जिल्लामा सरकारी कार्यालय, विद्यालय लगायत बन्द रहनेछन् ।
राजपत्रमा प्रकाशित सूचनाअनुसार मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राका दिन काठमाडौं उपत्यकाका ३ (तीन) जिल्लाहरूमा सार्वजनिक बिदा दिने सूचना प्रकाशित गरिएको छ’, गृह मन्त्रालयको सूचनामा भनिएको छ ।