नेपाल प्रहरीको साइबर ब्यूरोको नक्कली ईमेल आईडी बनाएर ठगी गरेको आरोपमा  दुई जना पक्राउ

(नेपाल क्राईम)                                                          नेपाल प्रहरीको साइबर ब्यूरोको नक्कली ईमेल आईडी बनाएर ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीका विशिष्ट व्यक्तिको नाम र दर्जा दुरूपयोग गरी साइबर ब्यूरोको फेक ईमेल समेत बनाई ठगी गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् ।पक्राउ पर्नेहरूमा सुनसरी देवानगंज गाउँपालिका-७ घर भएका २० वर्षीय मनिष कुमार मेहता र सोही गाउँपालिका-१ घर भएका २१ वर्षीय ईन्द्रजीत यादव रहेका छन् ।