राजेश अहिराज पक्राउ

मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराज पक्राउ परेका छन् ।बलात्कार आरोपमा काठमाडौं जिल्ला अदालतबाट गत चैत २५ गते पक्राउ पुर्जी जारी भएपछि फरार रहेका उनलाई प्रहरीले आइतबार काठमाडौंबाट पक्राउ गरेको हो ।उनलाई पक्राउ गरेर अदालतबाट ५ दिन म्याद थप गरिएको छ ।