बालिका बलात्कार आरोपमा स्याङजाबाट एक पक्राउ

(नेपाल क्राईम)

बालिका बलात्कार आरोपमा स्याङजामा एक जना पक्राउ परेका छन् । ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा चापाकोट नगरपालिका–८ बस्ने ५५ वर्षीय अर्जुन भनिने ख्याम कर्ण दमाईंलाई पक्राउ गरिएको हो।

बालिकाका अभिभावकले दिएको उजुरीको आधारमा दमाईंलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक उमेशलाल श्रेष्ठले जानकारी दिए ।उनले गत वर्षको साउन १५ गते राति बालिकालाई जबर्जस्ती करणी गरेका आरोप छ ।