बारा जिल्लाको विश्रामपुर गाउँपालिका–३ डम्पिङ्ग साइटबाट सशस्त्र प्रहरीले करिब ३९ लाख १२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ ।भारतबाट अवैध रूपले साईकलमा राखी नेपालतर्फ ल्याउँदै गरेको एयरपड प्रो र मोवाईलको टेम्पर ग्लास सशस्त्र प्रहरी बल नेपाल नं। १२ गण बाराले शनिवार बरामद गरेको हो । उक्त सामान ल्याउने व्यक्ति भने फरार रहेका छन्