दार्चुलामा एक प्रहरी सहायक हवल्दारले आतंक मच्चाएको आरोप लागेको छ

(नेपाल क्राईम)

दार्चुलामा एक प्रहरी सहायक हवल्दारले आतंक मच्चाएको आरोप लागेको छ। जिल्लाको नौगाड गाउँपालिका ६ स्थित सुकेखोला अस्थायी प्रहरी पोष्टका इन्चार्ज समेत रहेका सहायक हवल्दार वीर बहादुर धामीले आतंक मच्चाएको आरोप लागेको हो।

उनले स्थानीय क्षेत्रमा असुली गर्ने, मदिरा माग्ने लगायत व्यापारी तथा स्थानीयलाई त्रसाउने गरेको आरोप छ। यस्तै उनले सोही क्षेत्रको खोलामा अवैध तरिकाले करेन्ट प्रयोग गरेर माछा पनि मार्ने गरेका छन्।

सो विषयमा तालुक कार्यालयले भने छानबिन गर्ने जनाएको छ।(रास्स)