काठमाडौं महानगरपालिका-३२ सहयोगीनगर बस्ने कैलाली घर भएका २१ वर्षीय मनोज ढुङ्गानालाई ग्याँस गन १ थानसहित प्रहरीले पक्राउ गरेको छ । भदौ २३ र २४ गते भएको प्रदर्शनको क्रममा विभिन्न प्रहरी कार्यालयबाट लुटिएको हतियार तथा गोली गट्ठाहरू लुकाई राखेको भन्ने विशेष सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले ग्याँस गन, मोबाइल १ थान र भिड नियन्त्रणमा प्रयोग हुने लेग गर्ड १ थान फेला पारी पक्राउ गरेको हो ।