जोगा गाउँमा सुरु भएको तीन दिने “पूर्णिमा नहान मेला

कार्तिक पूर्णिमाको पावन अवसरमा बाँकेको जानकी गाउँपालिका–२ जोगा गाउँमा सुरु भएको तीन दिने “पूर्णिमा नहान मेला” उत्साह र भव्यताका साथ आरम्भ भएको छ । मेलाको उद्घाटन जानकी गाउँपालिका अध्यक्ष छब्बन खान र लुम्बिनी प्रदेश सभा सदस्य  बादसाह कुर्मीले संयुक्त रूपमा गर्नुभयो ।

प्रदेश  सभा सदस्य  बादसाह  कुर्मीले भन्नुभयो,“पूर्णिमा नहान मेला हाम्रो धार्मिक, सांस्कृतिक र सामाजिक पहिचानको प्रतीक हो । यस्तो मेलाले गाउँमा ऐक्यबद्धता र पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्‍याउँछ ।”

त्यसैगरी गाउँपालिका अध्यक्ष खानले भन्नुभयो,“यो मेला केवल धार्मिक उत्सव मात्र होइन, यसले स्थानीय आर्थिक गतिविधि र सामाजिक सद्भाव बढाउने अवसर पनि प्रदान गर्छ । गाउँपालिकाले मेलाको व्यवस्थापन र सुरक्षामा विशेष ध्यान दिएको छ ।      ”मेलामा नेपाल  र भारतका   विभिन्न जिल्लाहरुबाट  हजारौं श्रद्धालुहरू आउने गर्छन् । मेलामा सांस्कृतिक कार्यक्रम, भजन–कीर्तन, धार्मिक प्रवचन, मेलामा आउने व्यापारिक स्टलहरू र स्थानीय उत्पादनको प्रदर्शन पनि गरिएको छ ।