१६ सय ३६ केजी गाँजासहित दुईजना पक्राउ

(नेपाल क्राईम)

झापाको बुद्धशान्ति गाउँपालिका–४ स्थित मेची राजमार्गबाट सशस्त्र प्रहरीले १६ सय ३६ किलो गाँजासहित दुईवटा ट्रक र दुई जनालाई नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरीका अनुसार पक्राउपर्नेमा धनकुटाको शहिदभूमि नगरपालिका–४ बस्ने महेश राई र इलाम माईजोगाई गाउँपालिका–२ बस्ने ३७ वर्षीय गंगाबहादुर बस्नेत रहेका छन् ।इलामबाट झापातर्फ आउँदै गरेको को १ ख ५००१ र प्र १–०२–००२ ख ०५८४ नम्बरको मिनी ट्रकलाई विशेष सूचनाको आधारमा नम्बर १ बराह बाहिनी मुख्यालय र नम्बर २ गण झापा मातहत सुरक्षा वेश टिमाईबाट खटिएको संयुक्त सुरक्षा फौजले चेक जाँच गर्दा ५७ वटा बोरामा राखेर ल्याउँदै गरेको गाँजासहित उनीलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ ।उनीहरूको साथबाट नेपाली ८७ हजार ८ सय ८० रुपैयाँ र ५ थान मोबाइल सेट समेत बरामद भएको छ ।