वीरगन्जमा कुटपिटबाट एक युवकको मृत्यु

वीरगन्जमा कुटपिटबाट एक युवकको मृत्यु भएको छ।

प्रहरीका अनुसार मंगलबार राति भएको कुटपिटबाट २४ वर्षीय शिवम साह कानु (गोल्डेन) को मृत्यु भएको हो।

शिवम वीरगन्ज महानगरपालिका– १० मा डेरा गरी बस्दै आएका थिए। बाराको परवानीपुर गाउँपालिका–५ बहुअरी घर भएका शिवम वीरगन्जमा ई–रिक्सा चलाउँदै आएका थिए।

माईस्थानबाट गीता मन्दिर जाने बाटोमा मंगलबार राति ११.४५ बजेतिर मेलामा घुमिरहेका युवाहरूबीच विवाद भई कुटाकुट भएको थियो। बाँसले लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि नारायणी अस्पतालमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।