सामाजिक सञ्जालमा नाबालिकाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सिराहाको कल्याणपुर नगरपालिका- ११ घर भएका २२ वर्षीय जीवनकुमार साह छन् ।उनलाई सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनले म्यासेन्जरमा कुराकानी गर्ने क्रममा पीडितलाई ललाई फकाई प्रलोभनमा पारी संवेदनशील अंगहरू देखाउन लगाएर स्क्रिनसट गरेको अश्लील तस्वीर/भिडियो नक्कली फेसबूक एकाउन्ट बनाई अपलोड गरेका थिए ।