पोखरामा लागू औषधको बिक्री वितरण गरेको आरोपमा दुई जना पक्राउ

पोखरामा लागू औषधको बिक्री वितरण गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ परेकाहरूसँग ४ सय ४३ एम्पुल लागू औषधसमेत बरामद भएको छ जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी हरि बहादुर बस्नेतका अनुसार कात्तिक १२ गते साँझ करिब ८ः५० बजे लागू औषधको बिक्री वितरण भइरहेको भन्ने सूचनाको आधारमा लागू औषध नियन्त्रण ब्युरो पोखरा शाखा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको संयुक्त प्रहरी टोलीले छोरेपाटन क्षेत्रबाट लागू औषधसहित दुई जनालाई पक्राउ गरेको हो । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १२ का २२ वर्षीय राहुल घले र वडा नम्बर १८ का ३१ वर्षीय सुदिप विश्वकर्मालाई पक्राउ गरेको हो । उनीहरूको कोठामा खानतलासी गर्दा उनीहरूको साथबाट डाइजेपाम १४९ एम्पुल, फेनारगन १४७ एम्पुल र नुर्फिन १४७ एम्पुल गरी जम्मा ४४३ एम्पुल लागू औषध र २ थान मोबाइल फोनसमेत बरामद भएको छ ।