पशुपतिनाथ मन्दिर क्षेत्रमा नेपाली सेनाको टोली खटिएको छ । जेनजी आन्दोलन उग्र भइरहेका बेला अराजक समूह पुगेर पशुपपतिनाथ मन्दिरको ढोकामा तोडफोड गर्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिन सेना खटाइएको हो ।
सैनिक प्रवक्ता राजाराम बस्नेतले नेपाली सेनाको टोली त्यहाँ पुगिसकेको जानकारी दिए । जेनजी प्रदर्शनकारीका अगुवाहरुले भने साँझ प्रदर्शनमा घुसपैठ भएको बताएका छन् ।