झापा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन् ।
बिर्तामोड नगरपालिका- ८ किसनभिट्टा बस्ने ५० वर्षीय ओमनाथ उप्रेतीको घरमा जुवातास खेलिरहेको अवस्थामा ओमनाथ समेत ११ जनालाई बिहीबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख १५ हजार ५ सय ५० रुपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।