संरक्षित वन्यजन्तु सालकको खपटा तथा छाला बिक्री गर्न हिँडेका दुई जना काठमाडौंको तारकेश्वर नगरपालिका–८ शिवमन्दिर चोकबाट पक्राउ परेका छन्।
पक्राउ पर्नेमा नुवाकोटको ककनी गाउँपालिका–३ बस्ने वर्ष २१ को लिजोङ्ग तामाङ र बेलकोटगढी नगरपालिका–१ का वर्ष ३९ को श्याम ढुंगाना रहेका छन्।
विशेष सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले उनीहरूले दुवैजनालाई पक्राउ गरेको छ।