जिल्ला प्रहरी कार्यालय बाँकेले विभिन्न अपराधमा फरार रहेका ४ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये दुई जना जेन जी आन्दोलनको मौकामा जेलबाट फरार भएकाहरू समेत छन् ।जिल्ला प्रहरी कार्यालय बाँकेले आइतबार प्रेस विज्ञप्तिमार्फत विभिन्न अपराधमा संलग्न रही फरार रहेका ४ जनालाई पक्राउ गरी कारागार तथा सम्बन्धित कार्यालयमा पठाइएको जानकारी दिएको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी दिपक पातलीले कारागारबाट भागेका दुई जना र ज्यान मार्ने उद्योगको फरार प्रतिवादी एक जना र लागू औषध मुद्दामा सजाय सुनाइएकी एक जनालाई पक्राउ गरिएको बताए ।