नेपाल प्रहरीका पाँच प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायब महानिरीक्षक (डीआईजी)मा बढुवा भएका छन् ।
एसएसपीहरू भूपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल र अविनारायण काफ्ले एसएसपीबाट डीआईजीमा बढुवा भएका हुन् ।
गृह मन्त्रालयले बढुवा भएका डीआईजी खत्रीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), भट्टराईलाई प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागमा पदस्थापन गरेको छ ।