अविरल वर्षा र पहिरोका कारण कोशी र बागमती प्रदेशका विभिन्न राजमार्ग अवरुद्ध 

अविरल वर्षा र पहिरोका कारण कोशी र बागमती प्रदेशका विभिन्न राजमार्ग अवरुद्ध अविरल वर्षा र पहिरोका कारण कोशी र बागमती प्रदेशका विभिन्न राजमार्ग अवरुद्ध भएका छन्। नेपाल प्रहरीले आइतबार बिहान ८ बजेसम्मको विवरण सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो।प्रहरीका अनुसार कोशी प्रदेशअन्तर्गत संखुवासभाको भोटखोला गाउँपालिका–४ बरुण र मकालु गाउँपालिका–३ एक्वामा कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।बागमती प्रदेशतर्फ रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ मा नेपाल–चीन नाका जाने पुलमा बाढीका कारण पूर्ण अवरोध भएको छ। त्यस्तै सोही गाउँपालिकाको पासाङ ल्हामु सडक खण्डमा पहिरो जाँदा पनि आवागमन रोकिएको छ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ चारिकोटतर्फको अरनिको राजमार्ग र काभ्रेको धुलिखेल नगरपालिका–८ पक्खामा पहिरोका कारण एकतर्फी मात्र सवारी आवागमन भइरहेको प्रहरीले जनाएको छ। यसैगरी नारायणगढ मुग्लिन सडकमा पटक पटक अवरुद्ध हुँदै खुलाइँदै आएको छ ।