जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतबाट भागेका २ कैदी पक्राउ

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपि अंगुर जिसिको कमाण्डमा खटिएका प्रहरी टोलिले हिरासत बाट भागेका लागु अौषध मुद्दाका  थुनुवालाई हिजो राति एक जना र आज बिहान एक गरि दुई जनालाई पक्राउ गरेको छ । एसपि अंगुर जिसी बाँके आए देखि कडा रुपमा प्रस्तुति भएका छन् । शान्ति सुरक्षामा कुनै पनि कमि नहुने र आम नागरिकलाई पुर्ण रूपमा सुरक्षा अनुभुती हुने वातावरण सिर्जना गर्ने भनेका थिए त्यसको उदाहरण हो हिजो राति भागेका थुनुवालाई दश घन्टा नबित्दै पक्राउ गर्न सफल भएका छन् ।