काठमाडौं उपत्यकाका पर्वलक्षित विशेष सुरक्षा योजना लागू भएकै दिन दुई सुरक्षाकर्मीमाथि सांघातिक हमला

काठमाडौं उपत्यकाका पर्वलक्षित विशेष सुरक्षा योजना लागू भएकै दिन दुई सुरक्षाकर्मीमाथि सांघातिक हमला भएको छ । हमलामा भक्तपुरस्थित प्रहरी प्रभाव कटुन्जेका सइ राजन बनमाला र प्रहरी जवान राजबहादुर ऐर परेका हुन्।

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार उनीहरूमाथि गत ६ असोजमा हमला भएको हो। घटनामा सइ बनमालाको हात र ढाडमा गम्भीर चोट लागेको छ भने प्रहरी जवान ऐनको टाउको र हातमा चोट लागेको छ। उनीहरूको अहिले महाराजगन्जस्थित प्रहरी अस्पतालमा उपचार भइरहेको छ।

जिल्ला प्रहरी परिसर भक्तपुरको प्रवक्ता डिएसपी ढुण्डीराज न्यौपानेले दुई सुरक्षाकर्मीमाथि सांघातिक हमला भएको र उनीहरूको अहिले महाराजगन्जस्थित प्रहरी आस्पतालमा उपचार भइरहेको बताए।घटना सम्बन्धमा अनुसन्धान भइरहेको छ।’

प्रहरीका अनुसार घटनामा संलग्नमध्ये तीनजना पक्राउ परेका छन्।पक्राउ पर्ने धादिङका अरुण विक, बलराम विक र कुमार विक रहेका छन्। उनीहरूले भक्तपुर सूर्यविनायक नपा–४ स्थित हिमाल फार्मेसीमा सुरक्षाकर्मीमाथि आक्रमण गरेका थिए । घटनामा अन्य चारजना पनि संलग्न थिए। उनीहरू भने अहिले फरार छन्।(रास्स)